Monday, January 21, 2008

सपना

ऊ सपना हो,
तर मैले उसलाई भेटेको छैन,
न त देखेको नै छु,
मस्त निन्द्राबाट एक्कासी बिउंझिदा ,
न त मैले उसलाई घ्वाप्लाक्क अंगालो नै हालेको छु,
उसको शहर सुतिरहंदा,
नियोन लाइटले कौमार्यता छरिदिएको सुनसान सडकमा
न त मैले उसको आंचल नै पक्डेको छु,
न त म उसंग जुनको उचाईमा पुगेको छु,
न त क्षितिजको गहीर्राईमा होम्मिएको छु,
फूलको सुवासको गीत पनि गाएको छैन,
छहराको संगीतमा नाचेको पनि छैन,
न त लेखिएको छ सिंगमरमरको छातीमा उसको र मेरो नाम
न त देखिएको छ, कुनै परी कथाको परिकथा भित्र,
न त कुनै नो म्यान ल्यान्डमा उन्मुक्त भई हराएका छौं, हामीहरु ।
तर ऊ सपना हो मैले नदेखेको सपना मैले नभेटेको सपना ।

1 comment:

  1. प्राय: म पनि यस्तै सोचिरहेको हुन्छु ! मेरो सपना !

    ReplyDelete

Please try to mention your actual name while leaving a comment.